पूर्वगृहमन्त्री खाँणको मोबाइल पनि ‘फर्म्याट’ रिकभर गरिँदै
काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणको मोबाइल रिकभरका लागि मोबाइल प्रयोगशालामा पठाइएको छ।
प्रहरी स्रोतका अनुसार खाँण पक्राउसँगै बरामद भएको मोबाइल फर्म्याट गरेको पाइएपछि रिकभरका लागि प्रयोगशालामा पठाइएको हो।
उनले को कोसँग कुराकानी गरेका थिए भनेर अनुसन्धान गर्नका लागि प्रहरीले मोबाइलको डिटेल हेर्न लागेको हो।
पक्राउ परेका सचिव टेकनारायण पाण्डेले ह्वाट्सएपमा गरेको कुराकानी देखिएको तर खाँणको मोबाइलमा नदेखिएपछि उनको पनि मोबाइल फर्म्याट भएको खुलेको छ।
यस्तै २० वैशाखमा पक्राउ परेका गृह मन्त्रालयका पूर्वसचिव टेकनाराण पाण्डेले तथ्य खुल्ने डरले मोबाइल ‘फर्म्याट’ गरेका थिए। पछि प्रहरीले उनको मोबाइलको ‘डेटा रिकभर’ गरेको थियो।