२४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने बालेनको घोषणा

फाइल तस्वीर

काठमाडौं। महानगर प्रमुख बालेन शाहले काठमाडौँवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन्। शनिवार बिहान सामाजिक सञ्जालबाट मेयर शाहले सो घोषणा गरेका हुन्।

उनले भनेका छन्– काठमाडौँभरि २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क सेवा लिन सक्नुहुन्छ। यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्नपर्ने छैन।