लडाकु शिविर घोटालादेखि सीसीटीभी फुटेज प्रकरणसम्मको छानबिन हुनुपर्छ: महासचिव पोखरेल

काठमाडौं। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष रूपमा छानबिन हुनुपर्ने बताएका छन्।

आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्याक्रमलाई सम्बोधन गर्दै उनले नेपालीलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउन खोज्नु राज्यविरुद्धको घात भएको र निर्दोषलाई नफसाउने दोषी उम्किन नदिने गरी छानबिन हुन जरुरी रहेको बताए ।

उनले भने,नेपालीलाई नक्कली शरणार्थी बनाई विदेश पठाउन खोज्नु राज्यका विरुद्धको घात हो, गम्भीर अपराध हो। त्यस अर्थमा यस्ता घटनाप्रति राज्य अत्यन्त शक्त हुनुपर्छ भन्ने पार्टीको मान्यता छ, त्यही आधारमा हामीले सरकारलाई भनेका पनि छौँ।

राजनीतिक आग्रह,पूर्वाग्रहका आधारमा होइन, निष्पक्ष छानबिनका माध्यमबाट दोषी कोही नउम्किऊन्, निर्दोष कसैलाई फसाउने काम नहोस्।