एमाले भ्रष्टाचारमा कहिले पनि संलग्न हुँदैन, कोही नेता संलग्न भए म आफै कारबाही गर्छु: अध्यक्ष ओली
काठमाडौं ।नेकपा (एमाले) भ्रष्टाचारमा संलग्न नभएको र नहुने अध्यक्ष केपी शर्मा ओलीले दाबी गरेका छन्। मंगलबार पार्टीको २३ जनवर्गीय संगठनको भेलामा उनले मूल्यमान्यताविपरीत कोही गए कारबाहीमा पार्टीमा आफैँ अघि सर्ने बताए।
एमाले कुनै भ्रटाचारमा संलग्न थिएन, हुँदैन। यदि कसैले एमालेभित्र रहेर पनि एमालेका आदर्श, यसका मूल्यमान्यताविपरीत, यसका उद्देश्यहरूलाई आघात पुग्ने गरी कुनै प्रकारका अनुचित, अनैतिक क्रियाकलाप गर्छ भने त्यस्तोमा कारबाही गर्न आफैँ अग्रसर हुन्छ,ओलीले भने।
उनले भ्रष्टलाई साथ नदिइने पनि बताए। ओलीले मान्छेको नैतिकता, आदर्शबाट च्युत भएपछि आत्मा मरेको हुने बताए। नेकपा एमाले आत्मा मरेका, बेइमानहरूको पार्टी होइन,ओलीले भने। उनले सञ्जाल र मिडियालाई प्रयोग गरेर नाम उच्चरण गर्न लगाएर एमालेलाई मुछ्न खोज्ने र हिलो छ्यापे सह्य नहुने बताए।