नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि बयान लिइँदै
काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको आज पनि बयान लिइँदै छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आज बयान लिइने भएको हो।
यसअघि शुक्रबारदेखि सुरु भएको नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई जना अभियुक्तमाथिको बयान सकिएको थियो। शुक्रबार दुई अभियुक्तहरु केशव दुलाल र सागर राईको बयान लिइएको थियो।
उक्त प्रकरणमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध मुद्दा दर्ता गरेको थियोे। सो प्रकरणमा १७ जना अभियुक्त प्रकाउ परिसकेका छन्। अझै १३ जना अभियुक्त फरार छन। फरार अभियुक्तविरूद्द पनि अदालतमा मुद्दा दर्ता गरिएको छ।
अदालतमा उक्त प्रकरणका अभियुक्तको बयानपछि थुनछेक बहस हुनेछ। अभियुक्त थुनछेक बहसपछि धरौटीमा थुनामुक्त हुने वा थुनामा पठाउने निर्णय अदालतले गर्नेछ।