चीनसँग नेपाल पराजित

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणको दोस्रो खेलमा नेपालले चीनसँग फराकिलो हार व्यहोरेको छ।

म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा नेपाललाई चीनले ५-० गोल अन्तरले हराएको हो। खेलको १६ औं मिनेटमा ओउयाङ युहयानले गोल गर्दै चीनलाई सुरुआती अग्रता दिलाएका थिए।

होउ यूसीले २६ औं मिनेटमा गोल गर्दै चीनलाई २-० को अग्रता दिलाए।पहिलो हाफको इन्जुरी समयमा यिन ली होङले गोल गर्दा चीन ३-० ले अघि रह्यो।पहिलो हाफको इन्जुरी समयमै लु जुआयूले गोल गर्दै चीनलाई ५-० को अग्रता दिलाए।

त्यसपछि खेलको ८९ औं मिनेटमा यू जियाकीले गोल गर्दै चीनलाई ५-० को जित दिलाए ।नेपालको यो लगातार दोस्रो हार हो। चीनको यो लगातार दोस्रो जित हो ।पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग ५-० ले पराजित भएको थियो।

पहिलो खेलमा चीनले चाईनिज ताइपेलाई १-० ले हराएको थियो ।छनोटको समूह बी को नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ। चीन ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। अब नेपालले अन्तिम खेलमा शनिबार चाईनिज ताइपेसँग खेल्नेछ।

प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो । समूह बी मा रहेको नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको हो।