सुदूरपश्चिम प्रदेशमा पनि नामाङकनको मुद्दा चर्किदै

काठमाडौं। प्रदेशको नामाङकनमा असन्तुष्टि जनाउँदै कोशीमा परिचानवादीहरुले आन्दोलन चर्काइ रहेका बेला सुदूरपश्चिममा समेत प्रदेश नामाङकनको बहस पेचिलो बन्ने देखिएको छ।

प्रदेशको नाम सुदूरपश्चिम राखिएकै समय आन्दोलनहरु चर्किएपनि यो बीचमा नामको विषय सेलाएको थियो। तर, कोशी प्रदेश नाम राखेपछि पहिचानको मुद्दा हरायो भनि पूर्वी नेपालमा आन्दोलन चर्किएपछि सुदूरपश्चिमसम्म नै यसले प्रभाव पारेको हो।

अहिले पुनः सुदूरपश्चिमकाे नाम फेर्नु पर्ने आवाज प्रदेश सभामा नै चर्किन थालेका छन्। सुदूरपश्चिम प्रदेश सभाको आईतबारको बैठकमा नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको नाम फेरेर खप्तड थरुहट प्रदेश राख्न माग गरेको हो।

प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले प्रदेशको नाम खप्तड थरुहट प्रदेश राख्न माग गरेका हुन्। प्रदेश सभाको लोगो संशोधनका लागि समिति गठन गरिएको विषयलाई स्वागत गर्दै चौधरीले प्रदेशको नाम पनि सान्दर्भिक नभएकाले संशोधनगर्दै खप्तड थरुहट प्रदेश राख्नुपर्ने माग गरेका हुन्।