आज विश्वकप छनौटमा नेपाल र जिम्बावे भिड्दै
काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगिता आइतबारबाट जिम्बावेमा सुरु हुदैछ ।पहिलो दिन नेपालले घरेलु टोली जिम्बावेको सामना गर्दैछ।
जिम्बावेमा रहेको हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे यो खेल सुरु हुनेछ।जिम्बावेविरुद्धको आइतबारको खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल हुनेछ।
नेपाल र जिम्बावेले हालसम्म एक मात्र ५० ओभरको खेल खेलेको छ। सन् २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोट खेलमा नेपाललाई जिम्बाबेले १ सय १६ रनले हराएको थियो। त्यतीबेला नेपालको एक दिवसिय मान्यता नभएकोले उक्त खेललाई ‘लिष्ट ए’ को मान्यता दिईएको थियो।
आइतबारको खेल जित्दै नेपाल विश्वकप छनौटमा विजयी सुरुवात गर्न चाहन्छ। विश्वकप छनौटमा १० टोली सहभागि छन्। नेपालको समुहमा जिम्बाबे, वेष्ट इंडीज, नेदरल्याण्ड्स र अमेरिका रहेका छन् भने समुह ‘बि’ मा श्रीलंका, आयरल्याण्ड, ओमान, स्कटल्याण्ड र युएई रहेका छन्।
प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली एक दिवसिय विश्वकप क्रिकेटको लागि छानिने छ।