एकीकृत समाजवादीलाई झड्का उपाध्यक्षसहित आधा दर्जन नेता एमालेमा प्रवेश

काठमाडौं। सामाजवादी मोर्चा बनाएसँगै माधवकुमार नेपालले नेतृत्व गर्नुभएको एकीकृत समाजवादी पार्टीमा चरम असन्तुष्टि हुन थालेको छ।

मोर्चाको नाममा माओवादीमा पार्टी विलय गर्ने रणनीति अध्यक्ष नेपालमा रहेको भन्दै केन्द्र तथा जिल्लाका नेता तथा कार्यकर्ता पुरानै पार्टी एमालेमा फर्कन थालेका छन्। अझै बाँकी धेरै नेता, कार्यकर्ता तथा सांसदहरु समेत एमालेमा नै फर्कने तयारी रहेको एमाले स्रोतले जनाएको छ।

यसै क्रममा नेकपा समाजवादीका मकवानपुर जिल्ला उपाध्यक्ष कृष्ण राई, जिल्ला सचिवालय सदस्य लोकनाथ चौलागाई,प्रेम बहादुर भोम्जान, रोमप्रसाद रेग्मी,अर्जुन पोखरेल र जिल्ला सदस्य प्रेम पाख्रिन (राजेश) समाजवादी पार्टी परित्याग गरि हिजो पुरानै घर नेकपा एमाले फर्किनु भएको छ।