देउवा र ओली मिलेर सरकार परिवर्तन गर्न लागेको माधव नेपालको खुलासा
काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्ने कोसिस गरिरहेको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढालेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेले चलखेल गरेको आरोप लगाएका हुन्।
ठूलो पार्टीले समाजवादी शक्तिलाई एकताबद्ध बनाउन चाहेन। उसले अहिले पनि के चाहेको छ भने आजको पत्रिकामा पढ्नुभयो होला।
केपी ओलीले काँग्रेसलाई प्रभावित पारेर काँग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छौँ भनिरहेको छ। सुन्नुभएको छ हैन? उनले भने।
उनले कम्युनिस्ट पार्टीका नेताले नै कम्युनिस्ट सरकार ढालेर काँग्रेसलाई प्रधानमन्त्री बनाउन कोसिस गर्नु विडम्बनापूर्ण भएको बताए।