प्रतिनिधिसभा बैठक आज पनि बस्दै: सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्रीहरू

फाइल तस्वीर

काठमाडौं। संघीय संसद प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ।बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो।

दोस्रो अधिवेशनको ३५औँ बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ विभागीय मन्त्रीहरुले दिने सम्भावित कार्यसूची रहेको छ।

आजको बैठकमा रक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।