हुण्डी कारोवार गर्ने १ जना पक्राउ
काठमाडौं। जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं १६ स्थित सडकखण्डबाट एक जना हुण्डी कारोबार गर्ने व्यक्ति पक्राउ परेका छन्।
प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकीङ टोलीले भारतको रक्सौलबाट वीरगञ्जतर्फ ना २८ प ९००८ नम्बरको मोटरसाईकल खानतलासी गर्दा अवैध रकम सहित सुनिलकुमार साह पक्राउ परेको प्रहरीले बताएको छ।
जिल्ला बारा प्रसौनी गाउँपालिका वडा नं २ बस्ने वर्ष ३३ को सुनिल कुमार साहले लगाएको हेलमेटभित्र स्रोत नखुलेको १००० दरका नोट ८०० थान गरी नेपाली आठ लाख फेला परेको प्रहरीले बताएको छ।
साहलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बवरूद्धको कसूरमा असार ८ गते पर्सा जिल्ला अदालतबाट पाँच म्याद थप अनुमति लिई थप अनुसन्धान तथा कारवाही भैरहेको समेत प्रहरीले जनाएको छ।