प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

फाइल तस्वीर

काठमाडौं। प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित भएको छ।बजेट मत विभाजनबाट पारित गरिएको हो । बजेटको पक्षमा मत १४७ आयो। विपक्षमा १०८ मत पर्‍यो। उपस्थित सांसदमध्ये कोही पनि तटस्थ बसेनन्।

आजको बैठकमा २७५ सांसदमध्ये २० जना अनुपस्थित थिए। आज २५५ सांसद मात्र उपस्थित थिए। आर्थिक विधेयक, राष्ट्र ऋणसम्बन्धीसहितका आश्रित विधेयक पारित भएपछि मात्र पूर्ण बजेट पारित भएको मानिन्छ।