तरुण दल तदर्थ समितिमा थपिए चार सय सदस्य,बाजुराबाट सरोज शाहीसहित ४ जना मनोनित

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको तदर्थ समितिमा चार सय सदस्य थप गरिएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा रहको तरुण दलको तदर्थ समितिमा गए राति चार सय सदस्य थप गरेका हुन।

सभापति देउवाले सातै प्रदेशमा सदस्य थप गरेको केन्द्रीय तदर्थ कार्यसमितिका सदस्य सरोज शाहीले जानकारी दिए।

नेपाल तरूण दल केन्द्रीय तदर्थ कार्यसमितिको सुदूरपश्चिम प्रदेश बाजुराको पहिलो नम्बरमा केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा सरोज शाही, गगंगा न्यौपाने ,जगतजंग बम र खड्क राज जोशीलगायतका मनोनित भएका छन्।