उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ स्वेदश फिर्ता
काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको पाँच दिने भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किनुभएको छ।
चीनको सिछुआन प्रान्तको छेन्तुमा आयोजित चिनियाँ अन्तर्राष्ट्रिय ब्यापार मेलामा सहभागी हुन श्रेष्ठ गत मंगलबार त्यसतर्फ जानुभएको थियो। चीनमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ उपप्रधानमन्त्री ह लि फङलगायतसँग भेटवार्ता गर्नुभएको थियो।
दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’ बढाउने विषयमा छलफल भएको बताइएको छ। चीन नेपालतर्फ थप व्यापारिक नाका खोल्न र दुई देशबीचको आवतजावतलाई सहज बनाउन सहमत भएको उपप्रधानमन्त्री श्रेष्ठले बताउनु भएको छ।
उपप्रधानमन्त्री श्रेष्ठले सिछुवान प्रान्तका उच्च अधिकारीहरुसँग पनि भेटवार्ता गर्नुभएको थियो। त्यस क्रममा सिछुवान एयरलाइन्सका पदाधिकारीहरुलाई छेन्तु–काठमाडौँ रुटमा हवाई उडान वृद्धि गर्न तथा पोखरा र भैरहवा विमानस्थलमा उडान सुरु गर्न आग्रह गरिएको छ।