ललिता निवास जग्गा प्रकरणमा थप ३ जना पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं। ललिता निवास जग्गा प्रकरणमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ।

आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बाबुराजा महर्जन,घमनकुमार कार्की र शिवजी भट्टराईलाई पक्राउ गरेको हो।

प्रहरीले गत मंगलबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ,पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह,मालपोतका तत्कालिन कर्मचारी धर्मप्रसाद गौतमसहित ७ जनलाई पक्राउ गरेको थियो। पक्राउ परेका ७ मध्ये ३ जना रिहा भइसकेका छन्।