ललिता निवास जग्गा प्रकरण: थप २ जना पक्राउ
काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवारस्थित ललिता निवास जग्गा निजीकरण प्रकरणमा थप २ जनालाई पक्राउ गरेको छ।
आज सोमाबार सो प्रकरणमा संलग्न रहेको आरोपमा तत्कालीन ना.सु. रमेशकुमार पोखरेल र देवनारायण महर्जनलाई पक्राउ गरिएको जनाइएको छ।
सीआईबीले आइतबार मात्रै थप ३ जनालाई पक्राउ गरेको थियो। ललिता निवासको सरकारी जग्गा किर्ते गरेर व्यक्तिको नाउँमा ल्याएको आरोपमा पछिल्लो समय सीआईबीले ९ पक्राउ गरिसकेको छ।
आज पक्राउ परेका पोखरेल गृह मन्त्रालय अन्तर्गत समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख थिए भने महर्जनचाहिँ ललिता निवास जग्गामा मोही बनेका थिए। उनीहरुलाई थप अनुसन्धानका लागि पक्राउ गरिएको हो।