नेपालले आयरल्यान्डलाई दियो २६९ रनको लक्ष्य
काठमाडौं। विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि नेपालले आयरल्यान्डलाई जितका लागि २६९ रनको लक्ष्य दिएको छ।
मंगलबार भएको खेलमा नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा २६८ रन बनाउँदै आयरल्यान्डलाई जितका लागि २६९ रनको लक्ष्य दिएको हो।आयरल्याण्डविरुद्ध गुल्सन झाले अर्धशतक प्रहार गरे।
उनले अविजित ५७ रन जोडे। सन्दीप लामिछाने र गुल्सनले साझेदारीमा ८० रन बनाए। सन्दीप ३२ रन बनाएर बाहिरिए।
यस्तै, अर्जुन साउदले ४८, कुशल मल्लले ४४, रोहित पौडेलले २९ र भीम सार्कीले २० रन बनाए। कुशल भुर्तेलले ८, ज्ञानेन्द्र मल्लले ७ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले खाता खोल्न सकेनन्। करण केसी ४ रन बनाएर आउट भए।