नेपाल प्रहरी प्रमुख वसन्त कुँवरका यस्ता छन् १३ कार्ययोजना
काठमाडौं। नेपाल प्रहरीलाई पेशागत रूपले उत्कृष्ट एवं आम नागरिकको विश्वास र भरोसायोग्य संगठनको रुपमा विकास गर्न कार्ययोजना २०८० सार्वजनिक गरिएको छ।
प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले उक्त कार्ययोजना सार्वजनिक गरेका हुन्। चैत्र १० गते आईजीपी नियुक्त भएका कुँवरले साढे तीन महिनापछि कार्ययोजना सार्वजनिक गरेका हुन्।
नेपालको संविधानबमोजिम प्रहरी संगठनको पुनसंरचना, सुदृढीकरण तथा प्रहरी सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गरी संगठनको विकासका लागि स्पष्ट मार्गनिर्देशन गर्नु कार्ययोजनाको उद्देश्य रहेको बताइएको छ। उक्तकार्ययोजना साउनबाट लागू हुनेछ।
यस्ता छन् मुख्य १३ लक्ष्य
१-प्रहरी कर्मचारीको संघीय संरचना अनुरूप समायोजन गर्ने
२-विद्यामान कानून तथा नीतिमा सयम सापेक्ष सुधार गर्ने
३- नेपाल प्रहरीको इतिहासको संरक्षण र प्रवर्द्धन गर्ने
४-नेपाल प्रहरीको आन्तरिक सुदृढीकरण गर्ने
५- विशिष्टीकृत तथा वैज्ञानिक अपराध प्रणालीको विकास गर्ने
६-शान्ति सुरक्षा तथा प्रहरी कारबाही व्यवस्थापनमा प्रभावकारी अभिवृद्धि गर्ने
७- प्रहरी सेवा प्रवाहमा प्रविधिमैत्री प्रणालीको विकास गर्ने
८- नेपाल प्रहरीको खोज तथा अन्वेषण र अनुगमन तथा मूल्याङ्कन पद्धतिको सुदृढीकरण गर्ने
९-नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा अभिवृद्धि गर्ने
१०-प्रहरी जनशक्ति व्यवस्थापन तथा सुदृढीकरण गर्ने
११-वैज्ञानिक र आवश्यकतामा आधारित प्रशिक्षण प्रणाली विकास गर्ने
१२- भौतिक पूर्वाधारको विकास तथा स्रोत साधनको समुचित व्यवस्थापन गर्ने
१३- कल्याणकारी योजनाहरूको क्षेत्र र पहुँच अभिवृद्धि गर्ने