ललिता निवास जग्गा प्रकरण: सञ्चार मन्त्रालयका सचिव राउत पक्राउ
काठमाडौं। ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्।
राउतलाई आइतबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पक्राउ गरेको हो।
राउत काठमाडौंबाट विराटनगर जाने क्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ।