प्रधानमन्त्रीको राजीनामा आएपछि मात्रै सहमति जुट्छ: अध्यक्ष ओली

फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा आएपछि मात्रै सहमति जुट्ने ओलीको अडान लिएका छन्।

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रधानमन्त्री प्रचण्डका कारण संसद् चल्न नसकेको आरोप समेत लगाएका छन्। उनले एमालेका कारण नभई प्रधानमन्त्रीका कारण संसद् बन्द भएको जिकिर गरेका छन्।

ओलीले सदन सञ्चालन गर्न आफूहरु सकारात्मक भएपनि एमालेमाथि लगाइएको गम्भीर आरोपहरु फिर्ता नभएकाले सहमत हुन नसकेको जिकिर गरे। उनले प्रधानमन्त्रीको जेठ २१ गतेको वक्तव्यप्रति गम्भीर आपत्ति रहेको पनि बताए।

आफूहरुमाथि प्रधानमन्त्री प्रचण्ड र माओवादी केन्द्रले लगाएको आरोप फिर्ता लिनुपर्ने बताएका छन्। यसअघि आइतबार नै सिंहदरबारमा सदनको गतिरोध अन्त्य गर्ने विषयमा शीर्ष दलको बैठक बसेको थियो।