सुन तस्करी प्रकरण: संलग्न ६ जना आरोपीको १० दिन म्याद थप
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई उच्च अदालत पाटनले १० दिन थुनामा राखेर अनुसन्धान गर्न राजश्व अनुसन्धान विभागलाई अनुमति दिएको छ।
आज बिहीबार पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानसहितका ६ जनालाई १० दिन थुनामा राख्न अनुमति दिएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए।
चुवानलाई नेपाल छोडेर जाने तयारीमा रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागनले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभागलाई बुझाएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर बाहिरिएको झण्डै एक क्वीन्टल सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो। त्यो सुन तस्करीमा संलग्न रहेको आरोपमा अहिलेसम्म एक जना चिनियाँसहित ६ जना पक्राउ परेका छन्।