सरकारले आफूसँग गरेका सम्झौता तत्काल कार्यन्वयन नगरे डा.केसी पुनःसत्याग्रहमा बस्ने चेतावनी

काठमाडौं।सरकारले आफूसँग गरेका सम्झौता तत्काल कार्यन्वयन नभए सत्याग्रहमा बस्ने डा. गोविन्द केसीले चेतावनी दिएका छन्।विहीबार एक विज्ञप्ति जारी गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

चिकित्सा शिक्षा आयोगलाई नटेर्ने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीईभीटी०का पदाधिकारीलाई बर्खास्त गर्न समेत डा. केसीले माग गरेका छन्। उनले सीटीईभीटीका पदाधिकारीले गरेका निर्णय उल्ट्याउन पनि माग गरेका छन्।

यस्तै उनले सबै प्रदेशमा सरकारी मेडिकल कलेज र प्रतिष्ठान पुर्याउनुपर्ने, पदाधिकारी नियुक्तिको मापदण्डसम्बन्धी कानुन बनाउने,चिकित्सा शिक्षालाई नाफारहित बनाउने,स्वार्थको द्वन्द्व रोक्न काननुनी व्यवस्था गर्ने लगायत आफूसँग भएका सम्झौता तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।