नेपालमा श्रम स्वीकृति लिएर ३ हजार विदेशी कामदार रोजगारी गर्दै,कुन देशका कति?
काठमाडौं। नेपालमा सञ्चालनमा रहेका योजना तथा उद्योग (रोजगारदाता) ले श्रम स्वीकृति लिएर करिब ३ हजार विदेशी कामदारलाई रोजगारी दिएको पाइएको छ ।
श्रम तथा व्यवसायजन्य विभागको तथ्यांकअनुसार अन्तर्राष्ट्रिय विकास साझेदारबाट सञ्चालित ठूला विकास आयोजना र उद्योगमा काम गर्ने विदेशीको संख्या गत आर्थिक वर्षवमा २ हजार ९ सय ९४ जना रहेको छ।
विभागको अनुसार गत वर्ष २ हजार २१ चिनियाँ, ११७ बेलायती, १०२ अमेरिकी, ९७ जापानी, ८२ कोरियन र बाँकी अन्य देशका ३११ जनाले विभागबाट रोजगारीका लागि श्रमस्वीकृति लिएको तथ्यांक छ।
यसैगरी १ हजार ६२५ जनाले श्रमस्वीकृति नवीकरण गरेका छन्।