यस्तो छ हरिकृष्ण गजुरेलको राजनीतिक यात्रा र उनको पार्टी प्रतिकाे लगाव

काठमाडौं। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सचिवालय सदस्य हरिकृष्ण गजरेलकाे राजनीतिक जिवनमा धेरै उत्तरचडावका बाबजुद पनि अगाडी बढिरहेकाे छ। 

२०५६ सालमा मेन्द्ररत्न क्याम्पसमा तहाचलमा प्रविणता तह (आइएड्) मा र्भना भइ सोही क्याम्पसको इकाइ कमिटीमा संगठित भइ निरन्तर विद्यार्थी आन्दोलनमा सक्रिय रहदै पार्टी राजनीतिमा प्रवेश गरेका थिए। र विद्यार्थी भूगोलकाे (वान म्यान) कमान्डरको भूमिका समेत गजुरेलले निर्वाह गरि सक्नु भएकाे छ। त्यस्तै महेन्द्ररत्न क्याम्पसमा आइएड् पास गरिसकेपछि रत्नराज्य लक्ष्मी क्यम्पसमा बीए र त्रिभुवन विश्वविद्यालयबाट एमए पास गरिसक्नु भएको छ। 

नेता गजुरेलले २०६३ सालमा जनगणतान्त्रिक सम्पर्क मञ्चको जिम्मेवारी बहन गर्दै आफ्नाे राजनीतिक जीवनलाई निरन्तर सक्रिय बनाउदै विभिन्न आरोह अवरोहहरू पार गरेर पार्टीमा सक्रिय राजनीति जीवन अगाडि बढाउँदै देश र जनताको लागि  काम गर्दै जाने उहाँमा हुटहुटी देखिदै आएको छ।

 त्यस्तै २०६९ असार ३ मा प्रचण्डसँग विद्धोह गरेर अलग भएपछि माेहन वैद्य (किरण)ले नेतृत्व गरेकाे नेकपा – माओवादीमा रही साे पार्टीकाे नेवाराज्य सदस्यकाे भूमिका निर्वाह गर्दै निरन्तर सक्रिय रहेर नेता गजुरेलले पार्टीमा काम गरेकाे देखिन्छ।

त्यस्तै २०७० साल जेठमा मिथिला राज्यमा कार्यक्षेत्र अन्तरगत महोत्तरी जिल्ला पार्टी सेक्रेटरीको भूमिका सफता पूर्वक निर्वाह गरिसकेपछि पार्टीले फेरि २०७३ सालमा जनगणतान्त्रीक सम्पर्क मञ्चको केन्दीय संयोजकको भूमिका दिएपछि नेवाराज्य कार्यक्षेत्रमा रहेर निरन्तर पार्टीकाे सबैभन्दा बढी सक्रिय भएर काम गर्ने कार्यकताकाे रूपमा परिचित हुँदै केन्द्रीय सदस्य समेत हुन सफल भएका थिए गजुरेल।

त्यसैगरी २०७२ सालमा नेकपा-माओवादी र नेकपा एकीकृत पार्टीबीच एकता भई नेकपा (क्रान्तिकारी माओवादी) पार्टी गठन भएपछि नेता गजुरेलले अझै आफ्नाे सक्रियतालाइ बढाएर पार्टीकाे काममा निरन्तर लागि परेका थिए। 

त्यही क्रममा २०७३ सालमा सबैभन्दा धेरै नै पार्टीलाइ याेगदान गरेकाे र हरेक पार्टीका काममा निरन्तर लागिपरेकाे भन्दै विराेधका बावजुत पनि नेता गजुरेललाइ पार्टीका शिर्ष नेताहरूले नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय सदस्यमा मनोनित गरेका थिए।

त्यस्तै पार्टीकाे निरन्तर सक्रियताकाे मूल्याकन गर्दै नेता गजुरेलाइ २०७५ साल माघमा भएकाे अखिल (क्रान्तिकारी)को सम्मेलनबाट केन्द्रीय अध्यक्षकाे जिम्मेवारी समेत पार्टीले दिएकाे थियाे।उँहाले निरन्तर ७५ सालदेखि पाँच बर्ष भन्दा बढी विद्यार्थीकाे नेतृत्व सफता पूर्वक निर्वाह गर्दै अहिले विद्यार्थीकाे फ्याक्सन इन्चाजकाे रूपमा पार्टी र संगठनलाइ निरन्तर अगाडि बढाउने हुट्हुटीका साथ पार्टीलाई अगाडि बढाउने लक्ष्यका साथ दिनरात नभनी सक्रिय भएर काम गर्दै आउनु भएको छ।

त्यस्तै २०८० साल बैशाखमा नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच पार्टी एकता भएपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे केन्द्रीय सचिवालय सदस्यमा मनाेनित हुन सफल हुनुभएको थियो। अहिले  नेता गजुरेल पार्टीको केन्द्रीय सचिवालय सदस्यका रूपमा निरन्तर पार्टीलाई कसरी अगाडि बढाउने भन्ने चिन्ताका साथ काम गरिरहनुभएकाे छ। 

पार्टीका हरेक बैठक भेलामा खरो र स्पष्ट रूपमा उभिएर आफ्ना कुरा राख्न सक्ने युवा नेताका रूपमा गजुरेललाई हेरिदै आएको देखिन्छ। पार्टीभित्र देखिएका विसंगतिविद्ध खुलेर बोल्न सक्ने युवा नेताका रूपमा पार्टी भित्र र बाहिरबाट गजुरेललाई हेर्न थालिएकाे छ। पार्टी एकता भएपनि त्याे किसिमकाे नेतृत्व र सक्रिय अन्य युवा नेताहरू नरहेकाे पार्टी भित्र र बाहिरबाट उहाँको बारेमा बताउने गरेकाे पाइन्छ।

त्यस्तै नेकपा–माओवादीले २०७० को दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गर्ने बेला पनि नेता जगुरेलले आफ्नाे सक्रियता निकै देखाएकाे पाइन्छ। 

 नेकपा–माओवादी फुटाएर ८ मंसिर २०७१ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) गठन गरेर विप्लव विभाजित भएपछि त्याे बेलापनि नेता गजुरेलकाे पार्टीमा अझै सक्रियता बढेकाे देखिन्छ।