नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि अवरुद्ध

फाइल तस्वीर

काठमाडौं। नारायणगढ–मुग्लिङ सडक खण्ड आज (आइतबार) फेरि अवरुद्ध बनेको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार बिहान ९ बजेदेखि इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित कालिखोलामा लेदो सहितको पहिरो बस्दा सडक अवरुद्ध बनेको हो ।

सडक दुईतर्फी अवरोध भएसँगै इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको टोलीले सडक विभागसँग समन्वय गरी हटाउने पहल गरिरहेको कार्यालयले जनाएको छ।