मुगुकाे सोरु गाउँपालिकामा विद्यार्थीले पाउने दिवा खाजामै भ्रचार,प्रमुख प्रशासकिय अधिकृत पौडेलको व्यबहारले स्थानीय आजित

काठमाडौं।मुगुकाे साेरू गाउँपालिकामा बालबालिकालाइ दिने दिवा खाजामा व्यापक भ्रष्टचार भएकाे पाइएकाे छ।  नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ देखि देशका सबै सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म र हाल कक्षा ६ सम्मका सबै विद्यार्थीका लागि दिवा खाजा व्यवस्था गरेको थियाे। तर मुगुकाे सोरु गाउँपालिकाले विद्यालयमा नियमित खाजाको व्यवस्था गर्नु पर्ने भएपनि अहिलेसम्म कुनै पनि चासाे नदिएकाे स्थानीय बासिन्दाले गुनासाे गरेका छन्। 

राज्यले यो कार्यक्रमलाई महत्त्व दिएर वार्षिक करिब ९ अर्ब रकम विनियोजन गरेको छ। जसबाट देशभरका ३० हजार सामुदायिक विद्यालयका ३२ लाख बालबालिका लाभान्वित हुने देखिन्छ। तर, मुगुको दुर्गम गाउँपालिका सोरुमा भने तीन महिनादेखि दिवा खाजा बन्द गरिएकाे विद्यार्थीका अभिभावकले बताएका छन्।  

बसलदेवी विक, विजय आधारभूत विद्यालय सिपमा कक्षा पाँचमा पढ्छन्। तर, विद्यालयमा नियमित खाजाको व्यवस्था छैन। सोरुकै महादेव आधारभूत विद्यालयको अबस्था पनि उस्तै छ। स्थानीय सरकार गैरजिम्मेवार हुँदा सरकारले दिने सेवा सुविधाबाट दुर्गम गाउँका बालबालिका सेवा पाउनबाट बन्चित भएका छन्। 

कर्णाली प्रदेशका मुगुसहित हुम्ला,डोल्पा,जुम्ला र कालिकोट पाँच जिल्लाका लागि प्रति विद्यार्थी २० रुपैयाँका दरले वार्षिक रूपमा १८० दिन नबढ्ने गरी सरकारले बजेटको व्यवस्था गरेकाे छ। तर, भवानी माध्यमिक विद्यालय पुरुमुरुका बालबालिकाले पछिल्लो दुई वर्षयता विद्यालयमा खाजा खानै नपाएका कक्षा तीनमा अध्ययरत छात्रा सिर्जना कामीले बताइन्।

पोषणमा सुधारसँगै शिक्षण सिकाइमा बालबालिकाको सहभागिता बढाउनु र सिकाइस्तर सुधार गर्नु दिवा खाजा कार्यक्रमको मुल उद्देश्य हो।

साथै दिवा खाजामा स्थानीय कृषिउपजको उपभोग बढाएर विद्यालय र कृषि उत्पादनबीच सम्बन्ध स्थापित गर्नु यसको अर्को उदेश्य हो। तर बालबालिकाले आक्कल झुक्कल पाउने खाजामा पनि चाउचाउ बिस्कुट लगायत बजारको तयारी खाजा हुने गरेको अभिभावक सोरु–७ बुम्चका लालसिंह लावडले बताए ।

दिवा खाजाका लागि आएको रकम अन्यत्र खर्च गर्न मिल्दैन। तर, कतिपय विद्यालयले व्यवस्थापन समितिको निर्णय भन्दै बालबालिकालाई भोकै राखेर रकम अन्तै खर्च गर्दै आएको महादेव आधारभूत विद्यालयका प्रधानाध्यापक अर्जुन बुढाले  बताएका छन्।

सोरु गाउँपालिका भित्रका ३९ विद्यालयमध्ये अधिकांशमा दिवा खाजा नियमित छैन। स्थानीय सरकार भने थाहा पाएर पनि चुपचाप बसेको छ सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही देशभरका विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको भन्दै दाबी गरिरहेका छन्। तर अध्यक्षले भने जस्ताे बालबालिकाले विद्यायालयमा खाजा खान भने पाएका छैनन्।

साेरू गाउँपालिकामा अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत  दिल बहादुर पौडेलकाे मिलेमाेताेमा भ्रष्टचार माैलाउदै गएकाे एक स्थानीयले बताएका छन्।

स्थानीय सरकारले विकास निकासमा ध्यान दिनु पर्नेमा कमिसन कताबाट आउँछ भन्दै सेटिङमा काम गर्ने गरेकाे ती स्थानीयले बताए। उनले भने बालबालिकालाइ दिने दिवा खाजामा पनि भ्रष्टचार गरेकाे गन्ध आउने गरेकाे छ।

यतातिर न मिडियाकाे डर छ नअरू कसैले विराेध गर्छन् भन्ने डर छ, अनि उनिहरूले मज्जाले गाउँघरका सिधा जनतालाइ लुट धन्दा चलाइ रहेकाे उनले बताए।  जनतालाइ सेवा दिन आएका कर्मचारी नै भ्रष्ट भएपछि कसरी जनताले सेवा सुविधा पाउँछन् ती स्थानीय बासिन्दाले बताए। 

विद्यार्थी नियमित विद्यालयमा आएका छन् भने सामुदायिक विद्यालयको सिकाई गुणस्तर पनि बढेको छ। तर, मुगुको सोरुमा दिवा खाजावापतको रकम अन्यत्र खर्च गरिँदा विद्यार्थी मारमा परेका छन्।

स्थानीय सरकार आफै भ्रचारमा लिप्त भएकाले अनुगमन गर्नमा समेत चासो दिनछाेडेएका कारण दिवा खाजा प्रभावकारी नभएको अभिभावकहरुले गुनासाे गरेका छन्।

पहिला जनताकाे काममा केही ढिला सुस्ति भएपनि अहिलेकाे जस्ताे काममा लापरबाही कहिल्यै नभएकाे स्थानीय बासिन्दाले गुनासाे गरेका छन्।  हामीले प्रमुख प्रसासकीय अधिकृत पौडेललाइ याे नं. ९८५८३६६२७७ सम्पर्क गर्दा फाेन लागेकाे छैन।