राष्ट्रिय सभाको बैठक एमालेका सांसदद्वारा अवरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहिबारको राष्ट्रिय सभाको बैठक अवरोध गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणबारे सरकारको तर्फबाट यथार्थ जवाफ आउनु पर्ने र त्यसमा उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने माग गर्दै एमालेका राष्ट्रिय सभाका सांसदहरुले बैठक अवरुद्ध गरेका हुन्।

साउन ३ गते राजश्व अनुसन्धान बिभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गर्दा झण्डै सय किलो तस्करीको सुन समातेको थियो।

यसैमा एमालेले छानबिन समिति बनाउन माग गरेको हो। एमालेले यही विषयलाई लिएर प्रतिनिधि सभाको बैठक पनि अवरुद्ध गर्दै आइरहेको छ।सुन प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेपनि सुन कसले ल्याएको हो भन्ने मुख्य ब्यक्ति भने पक्राउ परेका छैनन्।