माओवादी केन्द्रको बैठकमा परिवारवाददेखि सुन काण्डसम्म
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकमा नेतृत्वको चर्को आलोचना भएको छ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वरिष्ठ उपाध्यक्ष एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतका नेतामाथि परिवारवादको आरोप लागेको छ। यस्तै, केही नेतामाथि ‘सुन काण्ड’मा संलग्न रहेको र संरक्षण गरेको आरोपसमेत बैठकमा लागेको छ।
काठमाडौंको कमलादीमा बसेको दोस्रो दिन बिहीबारको बैठकमा आफ्नो सुझाव राख्दै केन्द्रीय सदस्यले पार्टी नेतृत्वको चर्को आलोचना गर्दै पार्टीलाई विधि, विधान तथा नियमअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।
बैठकमा बोल्ने नेताले प्रधानमन्त्रीको सचिवालय र उपप्रधानमन्त्रीको सचिवालयमा छोरा, छोरी, ज्वाइँ राखेको विषय उठाउँदै नेतृत्वको चर्को आलोचना गरेका छन्।
प्रवास कमिटीका सहइन्चार्ज लक्ष्मण पन्तले किन छोराछोरी सचिवालयमा राखेको भन्दै प्रश्न उठाएपछि एकछिन बैठकमा सन्नाटा छाएजस्तो भयो । राजधानी दैनिकबाट