सुन प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्छ: महामन्त्री शर्मा
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नक्कली सुन तस्करी प्रकरणको सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताएका छन्।
आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले सुन तस्करी प्रकरणको सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ संसद बैठकमा खोज्नुपर्ने बताएका हुन्।
उनले प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ सुन्ने अधिकार सिंगो संसदको भएको भन्दै अविलम्व संसद सुचारु हुनुपर्ने बताए। उनले सुन प्रकरणको गहिराईमा गएर छानबिन हुनुपर्ने र संसद बैठक अवरुद्ध गर्नु समस्याको समाधान नभएको भन्दै छलफलबाट समाधानमा पुग्नुपर्ने बताए।