दर्शन- दार्शनिक फाँटमा दुई पध्दति : अधिभुतवाद र द्वन्द्ववाद
- हस्तबहादुर केसी
– हस्तबहादुर केसी
“अलगअलग वस्तुहरुमाथि विचार गर्ने बेला अधिभुतवादले तिनका परस्पर सम्बन्धहरुलाई भुल्दछ ,तिनको अस्तित्वमाथि विचार गर्ने बेला त्यसले त्यसको अस्तित्वको आरम्भ र।अन्त्यलाई भुल्दछ। त्यसले रुखहरुलाई देख्दछ,वनलाई देख्न पाउदैन,यसका विपरीत द्वन्द्ववादले,वस्तुहरु र तिनका मानस चित्रहरु अर्थात् विचारहरुलाई , तिनका आधारभूत सम्बन्ध ,गति, आरम्भ र अन्त्यलाई ध्यानमा राखेर नै ग्रहण गर्दछ ।
– फ्रेडरिक एंगेल्स
दार्शनिक फाँटमा दुई पध्दति छन् : अधिभुतवाद र द्वन्द्ववाद। यस दार्शनिक आलेखमम दार्शनिक फाँटमा रहेका यी दुई दार्शनिक पध्दतिकाबारेमम दार्शनिक क्षेत्रमा अध्ययन ,अनुसन्धान गर्न चाहने र विश्वलाई हेर्न ,बुझ्न ,व्याख्या विश्लेषण गर्न र संसारलाई बदल्न चाहने सर्वसाधारण सबैले बुझ्न सक्ने ध्येयका सकेसम्म सरल भाषा र वाक्यमा लेख्ने प्रयत्न गरिएको छ।
दर्शन भनेको मान्छेको भित्री आँखा हो,जुन आँखाले संसारलाई हेर्न सक्छ र मान्छेको विश्वदृष्टिकोणमा रुपान्तरण गर्न र संसारलाई बदल्ने काममा मद्दत गर्दछ।
यसरी विषयवस्तुमा प्रवेश गरिरहँदा दार्शनिक फाँटमा प्रकृति,वस्तु वा समाजलाई हेर्ने आँखा दुई प्रकारका छन् : अधिभुतवाद र भौतिकवादी द्वन्द्ववाद। वस्तुको उसको वास्तविक चरित्रभन्दा अलग गरी हेर्ने दार्शनिक पध्दतिको नाम अधिभुतवाद हो। यसको ठिक विपरीत वस्तुलाई त्यसकै वास्तविक चरित्रअनुसार हेर्ने दार्शनिक पध्दतिको नाम भौतिकवादी द्वन्द्ववाद हो। भौतिकवादी द्वन्द्ववादले हरेक वस्तु द्वन्द्वमय भएको मान्दछ ।
(१) अधिभुतवाद :
अधिभुतवादीहरुले पदार्थलाई जड मान्दछन् , त्यसकारण उनीहरूले हरेक वस्तुको निर्माणका लागि भित्री होइन,बाहिरी कारणलाई प्रधानता दिन्छन्। वस्तु वा प्रकृतिलाई गतिहीन ठान्ने भएकाले तिनलाई बाहिरबाट गति दिने तत्वको रुपमा ईश्वर,परमात्मा वा कुनै अलौकिक ( अदृश्य शक्ति ) शक्तिलाई स्थान दिन्छन्। यस कारण उनीहरूले पदार्थ र चेतना,शरीर र मन तथा समस्त वस्तुगत र वितरण जगतबीच कुनै साइनो सम्बन्ध देख्दैनन् र तिनलाई आपसमा अलग्याउछन्।
अधिभुतवादीहरुले वस्तुलाई।स्थिर , परिवर्तनहीन बनिबनाउ रुपमा एकाएक अस्तित्वमा आएको बताउँछन्। उनीहरूका दृष्टिमा सूर्य ,पृथ्वी , चन्द्र ,तारा आदि सम्पूर्ण ब्रह्माण्ड र बनस्पति , जीवजन्तूलगायत समस्त मानवजाती पनि एकाएक बनेका हुन् र ती सबैको कुनै ऐतिहासिक सन्दर्भ छैन। उनीहरूले कतै विकासका कुरा गरिहाले पनि त्यो मात्रात्मक पक्ष मात्र हो,उनीहरूले गुणात्मक परिवर्तन वा छलाङ्गमा विश्वास गर्दैनन्।
अझै अगाडि बढेर भनिन्छ , अधिभुतवादीहरुले कुनै पनि वस्तु वा प्रक्रियामा सकारात्मक र नकारात्मक , विकासशील र विनासशील तथा सत्य र असत्य जस्ता परस्पर विरोधी पक्ष , तिनीहरूबीच आपसी अदली- बदली जस्ता कुरा देख्दैनन् । त्यस्तै उनीहरू कि त असलै – असल , कि त खराबै – खराब , कित हुन्छ – हुन्छ , कि त हुन्न हुन्न मात्र भन्न जानेका हुन्छन्। त्यसैले अधिभुतवादीहरु एक पाखे हुन्छन् , एकल काँठे हुन्छन्। माथि एंगेल्सले भन्नुभए झै रुखलाई देख्दा बुटोलाई देख्दैनन्। उज्यालो पक्ष देख्दा अध्याँरो पक्ष देख्दैनन् ।अधिभुतवादीहरु जडसूत्रवादी हुन्छन्।
(२) भौतिकवादी द्वन्द्ववाद :
भौतिकवादी द्वन्द्ववादले अधिभुतवादको ठिक विपरीत पदार्थलाई जड होइन , गतिशील मान्दछ र हरेक वस्तुको विकासमा आन्तरिक कारणलाई प्रधानता दिन्छ। कुनै अलौकिक ( काल्पनिक ) शक्तिमा विश्वास गर्दैन। हरेक वस्तु र प्रक्रियामा सकारात्मक र नकारात्मक , विकासशील र विनासशील तथा सत्य र असत्य जस्ता परस्पर विरोधी हुने,तिनीहरूबीच आपसी सम्बन्ध भएर पनि द्वन्द्व पाइने र ती आपसमा एक अर्कोमा बदलिने कुरामा जोड दिन्छ। भौतिकवादी द्वन्द्ववादले कुनै पनि वस्तुलाई स्थायी ,एकाएक अस्तित्वमा आएको वा परिवर्तनहीन मान्न तयार छैन। त्यसैले कुनै पनि वस्तुको विकास ऐतिहासिक सन्दर्भमा हुने कुरामा जोड दिई गुणात्मक परिवर्तनको कुरा गर्दछ।
(३) निचोड :
दार्शनिक फाँटमा माथि उल्लेखित यी कुराको हरेक विपरीत चीजलाई द्वन्द्ववादी ढंगले हेर्ने पध्दतिको जन्म विकास पनि धेरै पहिलेदेखि हुँदै आएको पाइएको छ । प्राचीन युनानी , भारतीय , नेपाली , चीनी दर्शनमा द्वन्द्ववादका बिज ( बिउ ) प्रसस्तै पाइन्छन् । स्थतावादको विरोध र परिवर्तनवादको पक्षमा बुध्द र हेरेक्लाइटसले जुन संघर्ष चलाएका थिए , त्यो यसकै एउटा उदाहरण हो ।
आधुनिक युगमा प्रकृति विज्ञान अर्थात् विज्ञानका क्षेत्रमा जुन प्रगति र विकास भएको छ , त्यसबाट अधिभुतवादको ठिक उल्टो भौतिकवादी द्वन्द्ववादले पदार्थलाई जड होइन , गतिशील मान्दछ र हरेक वस्तुको विकासमा आन्तरिक कारणलाई प्रधानता दिन्छ,कुनै अलौकिक (अदृश्य,काल्पनिक ) शक्तिमा विश्वास गर्दैन।
हरेक वस्तु र प्रक्रियामा सकारात्मक र नकारात्मक , विकासशील र विनाशशील तथा सत्य र असत्य जस्ता परस्पर विरोधी पक्ष हुने , तिनीहरूबीच आपसी सम्बन्ध भएर पनि द्वन्द्व पाइने र ती आपसमा एक अर्कोमा बदलिने कुरामा जोड दिन्छ । भौतिकवादी द्वन्द्ववादले कुनै पनि वस्तुलाई स्थायी , एकाएक अस्तित्वमा आएको वा परिवर्तनहीन मान्न तयार छैन । त्यसैले कुनै पनि वस्तुको विकास ऐतिहासिक सन्दर्भमा हुने कुरामा जोड दिई गुणात्मक परिवर्तनको कुरा गर्दछ।
अन्त्यमा वैज्ञानिक साम्यवादका सिध्दान्तकार , मार्क्सवाद र मार्क्सवादी दर्शनका अणवेषक दार्शनिक कार्ल मार्क्सले लुडविक फायरवाखको भौतिकवा भित्र रहेको अधिभुतवाद आदर्शवादी चिन्तनलाई हटाएर भौतिकवाद र हेगेलको द्वन्द्ववाद भित्र रहेको आदर्शवादी चिन्तनलाई अटाएर द्वन्द्ववादको विकास गरेर द्वन्द्वात्मक भौतिकवादको आविस्कार गर्नु भएको थियो।
द्वन्द्वात्मक भौतिकवाद सर्वहारा वर्गको विश्वदृष्टिकोण हो। भौतिकवाद सर्वहारा वर्गको पक्षधर रहदै आएको छ भने अधिभुतवाद पुँजीपति वर्ग अर्थात् प्रतिक्रियावादी वर्गको पक्षधर रहँदै आएको छ।