काठमाडौं महानगरपालिकाले ग-याे १९ विषय विज्ञमा आवदेन खुला

काठमाडौं । काठमाडौं महानगरपालिकाले १९ विषय विज्ञको आवदेन खुलाएको छ। यसअघि मागेको विज्ञ पदका लागि पर्याप्त आवेदन नपरेपछि महानगरले पुनः आवेदन मागेको हो।

महानगरले वातावरण विज्ञ, केमिकल इन्जिनियर, फोहोरमैला व्यवस्थापन विज्ञ, मेकानिकल इन्जिनियर, जैविक विविधता विज्ञरवन्यजन्तु विज्ञ र वातावरण कानुनविद् माग गरेको हो।

त्यस्तै समाजशास्त्री,मानवशास्त्री,अर्थशास्त्री, पुरातत्त्वशास्त्री, जन स्वास्थ्यविद्, भूगर्भशास्त्रीरभूगर्भ इन्जिनियर, आर्किटेक्ट, स्ट्रक्चरल इन्जिनियर, अर्बान प्लानर,ऊर्जा विज्ञ, इलेक्ट्रिकल इन्जिनियर, जियोम्याटिक्स इन्जिनियर र इलेक्ट्रोनिक इन्जिनियर पनि माग गरिएको छ।

यी पदहरूमा आवेदन दिन मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने तोकिएको छ।