प्रतिनिधि सभा बैठक एमाले सांसदहरूको नाराबाजीका कारण स्थगित

काठमाडौं। प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले विरोधका कारण स्थगित भएको छ।

उनीहरूले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै नाराबाजी र वेल घेराउ गरेका हुन्।

एमाले सांसद ज्वालाकुमारी साहले बोलेलगत्तै सांसदहरूले नाराबाजी र वेल घेराउ गरेका हुन्।
अब अर्को प्रतिनिधिसभा बैठक साउन २९ गते सोमबार बस्ने छ।