आज यी ६ प्रदेशमा भारी वर्षा हुने,सतर्क रहन अनुरोध

काठमाडौं । आज देशभर बदली भई वर्षा भरहेको छ।

देशका केही ठाउँमा भने भारी वर्षाको सम्भावना रहेकोले बाढी पहिरोको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनको न्युन चापीय रेखा सरदरभन्दा नेपालको नजिक रहेकोले केही दिन धेरै पानी पर्ने अनुमान महाशाखाले गरेको छ।

आज गण्डकी प्रदेशका केही, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।