पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरूद्ध आज विरोध प्रदर्शन गर्छौं: नेता गजुरेल

फाइल तस्वीर

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि विरूद्ध आज विरोध प्रदर्शन गरिदै। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आयोजनामा आज दिनको १ बजे नेपाल आयल निगमको कार्यालय घेराउ तथा बिरोध प्रदर्शन गरिने सचिवालय सदस्य हरसकृष्ण गजुरेलले बताए।

नेपाल आयल निगमले आजबाट लागु हुने गरि मंगलबार पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको थियो। निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटर ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको थियो।

यो सँगै पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४।५ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ। समायोजन भएको मूल्य मंगलबार रातिबाट लागू भएको छ।

त्यस्तै क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा विद्यार्थीका निवर्तमान अध्यक्ष हरिकृष्ण गजुरेलले फेसबुकमा समेत स्टाट्स लेखेर बिरोध प्रदर्शनमा सहभागी हुनआव्हान गरेका छन्।

उनले यस्तो लेखेका छन् पेट्रोलियम पदार्थमा गरिएको भारी मुल्य वृद्धि बिरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आयोजनामा आज दिनको १ बजे नेपाल आयल निगमको कार्यालय घेराउ र बिरोध प्रदर्शन कार्यक्रम राखिएको हँदा पत्रकार मित्रहरूलाई उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौं ।