नेपाल टेलिकमले प्रदान गर्ने सेवाको गुणस्तरीयतामा ध्यान दिनुपर्छ: सञ्चारमन्त्री शर्मा

फाइल तस्वीर

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमले प्रदान गर्ने सेवाको गुणस्तरीयता कायम गर्न ध्यान दिनुपर्ने बताउनुभएको छ।गुणस्तसँगै सेवावृद्धिमा पनि ध्यान दिनुपर्नेमा उहाँको जोड छ।

प्यूठानको माण्डबीमा नेपाल टेलिकमको एफटीटीएच तथा ल्याण्डलाइन सेवाको उद्घााटन गर्दे मन्त्री शर्माले सरकारले जनताको सेवा प्रवाहलाई सहज बनाउने नीतिलाई प्राथमिकतामा राखेकोले टेलिकमको सेवाप्रवाह पनि सहज हुनुपर्ने बताउनुभयो।

टेलिकमको सेवा सुधार र पूर्वाधार निर्माणमा सरकारका तर्फवाट आफुले पहल गर्ने बताउदै उहाँले एफटीटीएचलाई आधार मानेर यो वर्ष ३ लाख सेवा थप गर्ने लक्ष रहेको उहाँको भनाई छ।