आज सार्वजनिक बिदा

काठमाडौं। कर्णाली सरकारले आज भदौ ४ गते सार्वजनिक बिदा दिएको छ। कर्णाली प्रदेशको स्थापना,सहिद दिवस र नाग पञ्चमीका अवसरमा प्रदेश सरकारले बिदा दिएको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेश प्राप्तीको आन्दोलनमा सहिद भएका व्यक्तिको सम्झनामा आज भदौ ४ गते प्रदेशमा सहिद दिवस समेत मनाइने जनाएको छ।

कर्णाली प्रदेश स्थापनाको आन्दोलनका क्रममा सुर्खेतका यामबहादुर विसी, गोपालसिंह रजवार, टीकाराम गौतम र जुम्लाका हरिबहादुर कुवँरले ज्यान गुमाएका थिए।

आज (सोमबार) प्रदेशका सबै सरकारी तथा सार्वजनिक संस्थानहरुमा सार्वजनिक बिदा दिइने छ। भदौ ४ लाई कर्णाली प्रदेश स्थापना दिवस मानेर सार्वजानिक विदा दिने २० चैत्र २०७९ मा बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले निर्णय गरेको थियो।