चीनसँग विद्युत व्यापार गर्ने योजनामा छाैं: प्रधानमन्त्री प्रचण्ड
काठमाडौं। चीन भ्रमणमा निस्किने तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले चीनसँग विद्युत व्यापार गर्ने योजना रहेको सुनाएका छन्।
मंगलबार चितवनको भरतपुरमा आयोजित कार्यक्रममा प्रचण्डले आफ्नो चीन भ्रमणको बारेमा जानकारी दिदै चीनतिर व्यापारका लागि अन्तराष्ट्रिय प्रशारण लाइन बनाउने तयारी भइरहेको समेत बताएका छन्।
भारत, बंगलादेशसँग पनि विद्युत व्यापारको विषय अघि बढ्ने दाबी गरेका प्रचण्डले नेपालको विद्युत अन्तराष्ट्रिय बजारमा वेच्ने योजना रहेको उल्लेख गरेका छन्। प्रचण्ड अमेरिकाबाट सिधै चीन भ्रमण गर्ने तयारीमा छन्।