उदयपुरमा स्थानीय पाठ्यपुस्तक विद्यालयलाई बितरण
काठमाडौं। उदयपुरको त्रियुगा नगरपालिकाले स्थानीय पाठ्यपुस्तक तयार पारी विद्यालयलाई वितरण सुरू गरेको छ।
विद्यार्थीलाई स्थानीय विषयबस्तुका बारेमा जानकारी गराउने उद्देश्यले यसै शैक्षिक सत्रदेखि नगरभित्रका संस्थागत र समुदायिक विद्यालयमा नियमित पठनपाठन हुने गरी पुस्तक बितरण गरेको हो।
नगरपालिका भित्रको सम्रग विषयबस्तुलाई समेटेर कक्षा १ देखी ५ सम्मका लागि त्रियुगा ज्ञानमाला नामक पुस्तक विद्यालयमा वितरण सुरू गरिएको हो।
नगरभित्रका १६ वटै वडालाई समेटेर ऐतिहासिक, धार्मिक,सामाजिक,सांस्कृतिक,स्थानीय सीप,प्रविधि,पुशपालन र अन्य विषय पुस्तकमा समावेश गरिएको नगर प्रमुख बसन्त कुमार बस्नेतले जानकारी दिनुभयो।
विद्यार्थीलाई आफ्नै गाउँठाउको चिनारी गराउने उद्देश्यले स्थानीय पाठ्यपुस्तक तयार पारिएको हो। विद्यार्थीलाई स्थानीय विषयबस्तुका बारेमा जानकारी आवश्यक रहेकाले पुस्तक निर्माणगरि वितरण गरिएको नगर उपप्रमुख महेश्वरी राइले जानकारी दिनुभयो।