सन्दीपको पेशी स्थगित, एसिया कप खेल्न पाकिस्तान जाँने
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा काठमाडौं जिल्ला अदालतमा आइतबारका लागि पेशी स्थगित भएको छ। न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ।
अर्को पेशी भदौँ २१ गते तोकिएको छ। यो संगै सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिताका लागि भोलि पाकिस्तान जाने भएका छन।
एसिया कप १३ भदौबाट सुरु हुँदैछ। नेपालको पहिलो खेल १३ गते पाकिस्तानसँग र दोस्रो खेल भारतविरुद्ध १८ गते रहेको छ।
अर्को पेशीमा उपस्थित हुनुपूर्व सन्दीपले यी दुई म्याच खेल्न भ्याउनेछन। यदि नेपालले अर्को चरणमा पुग्ने सम्भावना भयो भने सन्दीप फेरि नेपाल आएर पाकिस्तान फर्किनुपर्ने छ।