काठमाडौंका मेयर बालेनको अर्को एक्सन: धोबीखोला करिडोरका ३ घर भत्काइयो
काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन शाहले फेरि अर्को एक्सन लिएर धोबीखोला करिडोरका ३ घर भत्काएका छन् भने अन्य घरहरू पाि भत्काउने तयारी गरेका छन्।
काठमाडौं महानगरपालिकाले वडा नं १० बिजुलीबजारस्थित धोबीखोला करिडोरमा सार्वजनिक जग्गा मिचेको भन्दै ३ वटा घर भत्काएको छ।
नक्सामा सार्वजनिक जग्गा उल्लेख भएको तर निजी घर बनाएको पाइएकाले डोजर लगाएर भत्काइएको नगर प्रहरी निरीक्षक किशोर भट्टराईले जानकारी दिए।
आज पहिलो चरणमा नक्सा हेरेर भत्काएका छौं,अन्य घरहरुले पनि सार्वजनिक जग्गा मिचेको सूचना छ,वडा कार्यालयमा नक्सा हेरेर थप कारबाही अगाडि बढाउँछौं,उनले भने।