फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य (विज्ञप्तिसहित)

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले बिहीबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको जनाएको हो।

पेट्रोल प्रतिलिटर ४, डिजेल र मट्टितेल प्रतिलिटर ३ र एलपी ग्यास प्रतिसिलिन्डर २३५ रुपैयाँ बढेको निगमले जनाएको छ। निगमले मूल्यवृद्धि आज मध्यरातिदेखि लागू हुने जनाएको छ।

इण्डियन आयल कर्पोरेशनबाट आज (बिहीबार) मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको निगमले जनाएको छ।

निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलमा क्रमशः प्रति लिटर रु ३.१७ र रु २.४८ तथा एलपि ग्यासको मूल्यमा प्रति सिलिण्डर रु १८६.४५ ले वृद्धि भएर आएको छ।