एकसाथ प्रहरीका १२० डिएसपीको सरूवा,को कहाँ पुगे (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका १२० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ।

प्रहरी महानिरीक्षकको भदौ १५ गतेको निर्णयअनुसार भदौदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

काठमाडौं जिल्ला प्रहरी परिसरको काठमाडौं अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा डिएसपी अंगुर जिसीलाई सरूवा गरिएको छ। उनी प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत थिए।

प्रहरी वृत्त महाराजगञ्जम प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग कर्मचारी प्रशासन शाखामा कार्यरत डिएसपी अमरबहादुर थापालाई पठाइएको छ।