नेपाल प्रहरीका ४८ एसपीको सरुवा, को कहाँ पुगे(सूचीसहित)

काठमाडौं। नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरिएको छ। सरुवामा १ दर्जनभन्दा बढी जिल्लाका इन्चार्ज फेरिएका छन्।

प्रहरी सरुवा समितिको हिजो (शुक्रबार) बसेको बैठकले भदौ महिना देखि नै सम्पुर्ण सेवा पाउने गरी एसपीको सरुवा गर्ने निर्णय गरेको हो।

जिल्ला प्रहरी कार्यालय बारामा सुरेश काफ्लेलाई सरुवा गरिएको छ। सप्तरीमा गजुसिद्धि बज्राचार्य, पूर्वी नवलपरासीमा नरहरि रेग्मी र कपिलवस्तुमा नवरत्न पौडेललाई पठाइएको छ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरीमा विपिन रेग्मीलाई पठाइएको छ। भक्तपुरमा वेद विष्ट, रौतहटमा महेन्द्र कुमार श्रेष्ठ, कास्कीमा मोहन कुमार थापा र उदयपुरमा रमेश थापालाई पठाइएको छ। दाङमा रामबहादुर केसी, इलाममा वासुदेव खतिवडा र नुवाकोटमा सञ्जय सिंह थापालाई पठाइएको छ।