जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको आजबाट शुरुवात
काठमाडौं । नेकपा माओवादी केन्द्रले आजबाट जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको शुरुवात गरेको छ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको कोटेश्वरमा रहेको पार्टी कार्यालयबाट भर्चअल माध्यमबाट देशैभर एकैचोटी अभियानको उद्घाटन गर्नु भएको हो।
गत साउन १७ गतेदेखि २१ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकको निर्णय अनुरुपको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान देशभरका सबै वडामा आज शनिबार एकैसाथ सुरु गरेको हो।
माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको नारा ‘घरघरमा माओवादी, जन–जनमा माओवादी’ राखेको छ। अभियानको क्रममा नविकरण र बिस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पुर्याउने लक्ष्य राखेको छ।