सरकारले सुन तस्करी बारे तमासा ग-यो: अध्यक्ष ओली

फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचार विरुद्धको अभियान भने पनि भ्रष्टाचार गर्ने अभियान चलाएको आरोप लगाएका छन्। 

शनिवार बुटवलमा भएको एमाले लुम्बिनी प्रदेशको अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले एयरपोर्टबाट सुन तस्करीको तमासा गरेको आरोप लगाएका हुन्।

उनले भने–‘साढे ९ किलो सुन आयो र हरायो। कहाँ गयो त्यो सुन भनेपछि फेरी आयो। स्टोरमा राखियो त्यहाँबाट हरायो, कसरी हरायो भनेपछि फेरि आयो।

बजारबाट त्यस्तै नक्कली सिगरेट बनाएर राखिएको रहेछ। फेरि सक्कली आयो फेरि हरायो। कति लाजलाग्दो घिनलाग्दो तमासा। जसले एउटा आइटममा क्विन्टलका क्विन्टल कति दिनदेखि सुन ल्याउँछ,पक्राउ परेको मान्छे को छ भनेर पत्ता लगाउँदै जाँदा भन्सारको अधिकृत हुन्छ।

विदेशीलाई नागरिकता दिएर २० हजारमा दर्ता गराउने को हो त्यो रु कसले नागरिकता दिन आदेश दियो, कसले नागरिकता बनायो रु त्यो खोजी गरन।उनले भ्रष्टाचार विरुद्धको नाममा राष्ट्रिय पुँजीलाई गला थिच्ने काम भएको दाबी गरे।