यी १३ वटा निर्माण कम्पनी कालोसूचिमा

काठमाडौं। सरकारले निर्धारित समयमा काम पूरा नगर्ने १३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ वटा कम्पनीहरुलाई कालोसूचिमा राख्दै एकदेखि तीन वर्षसम्म कुनै पनि टेण्डर प्रतिष्पर्धामा सहभागी हुन समेत रोकेको हो।

कञ्चनपुर ठेगाना रहेको गणपति कन्स्ट्रक्सन, भारत मुम्बइको तथ्य इन्जिनियरिङ एण्ड इन्फास्टक्चर र विज हाउस प्रालि तीन वर्षसम्मका लागि कालो सूचीमा परेका छन्। मकवानपुरको शिवालय बिल्डर्स प्रालि र विराटनगरको आज्ञा एण्ड कम्पनी प्रालि दुई वर्षसम्मका लागि कालो सूचीमा परेका छन्।

यस्तै, काठमाडौंको चुलीडाँडा निर्माण सेवालाई डेढ वर्षका लागि कालो सूचीमा राखिएको छ भने काठमाडौंकै इपिक कम्प्युटर्स ट्रेडर्स, बाँकेको बाबा इन्फ्राप्रोजेक्ट प्रालि, पोखराको नवनिर्माण कन्स्ट्रक्सन एण्ड बिल्डर्स र काठमाडौंको यू.डी. एलिस कन्स्ट्रक्सन एण्ड सप्लायर्स एक वर्षका लागि कालोसूचिमा परेका छन्।

दोलखा ठेगाना रहेको पुतलीकाठ निर्माण सेवा प्रालि र चितवन भरतपुर ठेगाना रहेको अरबिन्द्र कन्स्ट्रक्सनलाई एक वर्षका लागि कालो सूचिमा राखिएको छ।