सुन प्रकरणका कारण भारत गएका डीएसपी भण्डारीमाथि लाग्यो बलात्कारको आरोप
काठमाडौं।नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले जवरजस्ती करणी गरेको भन्दै एक महिलाले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी छन्।
डीएसपी भण्डारी अवैध रुपमा भित्रिएको सुन प्रकरणमा छानबिनका लागि भारत गएका बेला यस्तो आरोप लागेको हो।
जाहेरी अनुसार भण्डारीले ती महिलालाई पटक–पटक करणी गरेको आरोप छ। भण्डारीले ती महिलाको अंशबन्डा तथा सम्बन्ध विच्छेद मुद्धामा सहयोग समेत गरिदिने भन्दै समाजिक सञ्जालमार्फत नजिएका थिए।
त्यसपछि भण्डारी मिसनको बिदामा आउने क्रममा ती महिलासँग पहिलो पटक भेट भएको थियो। साथै, भण्डारीले ब्ल्यामेल गर्दै पटक–पटक बलात्कार गरेको जाहेरीमा आरोप लगाएकी छिन्।
महिलाको जाहेरी अनुसार भण्डारीले उक्त विषयमा कतै उजुरी दिए प्रहरीको शक्ति प्रयोग गरी झुठ्ठा मुद्धा लगाई फसाएर थुनामा राख्ने भनि धम्की दिने गरेकाे जाहेरीमा उल्लेख गरेकी छन्।
महिलाले आफूविरुद्ध उजुरी दिन खोजेको थाहा पाएपछि भण्डारीले आफूसँग भएका सबै फोटो,म्यासेजहरु डिलिट गर्ने भन्दै उनलाई एक होटलमा बोलाएर गाली गलौज गरेका बताएकी छन्। साथै सोही क्रममा उनलाई हात बाँधेर पुनः करणी गरेको आरोप भण्डारीमाथि छ।
महिलाले मुलुकी फौजदारी सहिता २०७४ को दफा २१९ बमोजिम करणी सम्बन्धि कसुर अपराध गरेको हुँदा निज प्रतिबादी उपर हँदैसम्मको कानुन बमोजिमकाे कारवाही गरी पाउँ भन्दै जाहेरी दर्ता गरिकी छन्।