सुन प्रकरण: थप एक जना पक्राउ,पक्राउ पर्नेको सङ्ख्या २७ पुग्यो
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा थप एक जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिव कुमार सराफ छन्।
बारा घर भएका सराफलाई पक्राउ गरिएको ब्युरोका एक जना अधिकृतले बताए। सराफको भूमिकाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ मा बरामद गरेको सुनको तस्करी गरेको आरोपमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २७ पुगेको छ।