गैह्रीगाउँ हत्या प्रकरण: कपडा र जुत्तामा रगतकाे दाग लागेकाे अवस्थामा एक जना पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा एकै परिवारका तीन जनासहित चार जनाको हत्या भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिइएको छ।

प्रहरीले अनुसन्धानका लागि काठमाडौं महानगरपालिका ३२ स्थित तीनकुने बस्ने २८ वर्षीय दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको हो। राईको कपडा र जुत्ता रगतको दाग फेला परेको बताइएको छ।

गैह्रीगाउँ स्थित दिव्य सः मिलमा शुक्रबार राति धारिलो हतियार प्रहार गरेर चार जनाको हत्या भएको थियो। घटनाको यकिन कारण भने खुलेको छैन।

घटनाको मुचुल्का लगायतको कार्य सम्पन्न गरी शवलाई पोष्‍टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्‍ज पठाइएको छ।